अब खोप कार्ड बिना सरकारी कार्यालय जान नपाईने, रात्रीकालिन व्यवसाय बन्द (भिडियो सहित)

अब खोप कार्ड बिना सरकारी कार्यालय जान नपाईने, रात्रीकालिन व्यवसाय बन्द (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा कोरोना भाइरसको संक्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो ।
शनिबार देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यता काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा स्नान गर्नेको भीड लागेको छ । १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित भए पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको हो । जिल्ला प्रशासन कार्यलय कास्कीले आजदेखि लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको २६ गतेको बैठकको निर्णय समेतका आधारमा शनिबारदेखि जिल्लाभरी लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिनुभयो । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् ।

धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको छ । शनिबार एकजना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् । शव भेटिएका व्यक्तिको भने पहिचान भैनसकेको उनले बताए ।