अर्थतन्त्रमा संकट आएको भन्ने गलत हो


काठामडौं, २८ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले बाहिर प्रचार गरिएजस्तो देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन । आज (सोमबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यसतो बताएका हुन् । मन्त्री अर्थतन्त्रमा संकट आयो भनेर जनतामा आतंक सिर्जना गर्ने काम नगर्न पनि सुझाव दिएका छन् ।

मन्त्री शर्माले भने,‘अर्थतन्त्रमा संकट आएको भन्ने गलत हो । देशमा के के न हुुन लाग्यो भन्ने ढङ्गले प्रचार भइरहेको छ । तर अर्थतन्त्रलाई आफ्नै नियमित गतिमा चल्न दिनुपर्छ । अर्थव्यवस्थाको राजनीतिकरण गरेर देशलाई फाइदा हुँदैन ।’

शर्माले गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही कानूनसम्मत् रहेको पनि दाबी गरे । अब यसबारेमा छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने पनि उनको स्पष्टोक्ति छ । शर्माले गभर्नरमाथि छानबिन गर्न समिति नै बनाएको उल्लेख गर्दै अब त्यो कमिटीले दिने रिपोर्टले धेरै जानकारी दिने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस