१ करोड लगानीमा अभिनेता सलोन बस्नेतले सञ्चालनमा ल्याए लाउन्च एण्ड बार


काठमाडौं, ३० चैत्र । धेरै नेपाली कलाकारहरु पनि व्यवसायमा आवद्ध छन् । यसैक्रममा अभिनेता सलोन बस्नेतले पनि व्यवसाय सञ्चालनमा हात हालेका छन् ।

बस्नेतले साथी रविन कँडेलसँगको सहकार्यमा ललितपुरमा आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका हुन् । झम्सिखेलस्थित लाउन्चमा उनीहरुले करीब १ करोड रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।

लाउन्चमा प्रत्येक दिन लाइभ म्युजिक प्रस्तुति हुने छ । भने सफिक हप ब्याण्डले सधै गीत गाउनेछ । लाउन्चमा दर्शकहरुले इन्डियन, चाइनिज, कसन्टनेन्टल सबै प्रकारका खानेकुराका स्वाद पाइनेछ ।

प्रतिक्रिया दिनुहोस