हरेक वर्ष बढ्ने शिवलिंग


शिवको महिमा अपरम्पा भएको हिन्दु धर्मग्रन्थमा उल्लेख छ । सर्वत्र १२ ज्योर्तिलिंगको महत्व छ । तर, यीनीहरु भन्दा धेरै फरक र अद्भुत रहस्मयी शिवलिगं पनि रहेको छ । यो शिवलिगं हरेक वर्ष बढ्दै जान्छ ।

भारतको छत्तिसगढको जंगलमा रहेको प्राकृतिक शिवलिंग ‘भुतेश्वर महादेव’ को नामले विश्वप्रसिद्ध रहेको छ । विश्वभर उंचाई बढेको कारण यो मन्दिर प्रसिद्ध छ । यो शिवलिगंलाई अर्धनारीश्वर ‘भकुर्रा महादेव’ पनि भनिन्छ ।

शिवलिगंको रेखदेखको लागी एउटा महासमिति बनाइएको छ । उक्त महासमितिको अनुुसार हरेक महाशिवरात्रीको दिनमा शिवलिगंको उचाई र मोटाई नाप्ने गरिन्छ । महासमितिका सदस्यका अनुसार हरेक वर्ष उक्त शिवलिगं एक इन्चबाट पौने इन्च सम्म बढ्दै जाने बताएका छन् ।

भुतेश्वर महादेव साउन महिनामा भक्तालुहरु टाढाबाट आएर पूजा अर्चना गर्ने गरेका छन् । यहाँ सम्पुर्ण पूजाको संचालन १७ गाउँका समिति मिलेर गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस