मर्नुअघि सञ्जुले फेसबुकमा लेखिन् ‘मिसिङ यु लभ’


काठमाडौं : नेपालका लागि स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मगलबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। मर्नुअघि सञ्जुले आफ्नो फेसबुकमा हिन्दी टेलीसिरियलको सानो भिडियो सेयर गर्दै ‘मिसिङ यु लभ’ लेखेकी थिइन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्दिविक्रम शाहका अनुसार चौधरी ललितपुर लुभु स्थित सन्जय महर्जनको घरमा मृत भेटिएकी हुन्।

सञ्जय भारत्तोलनका कोच पनि हुन्। बाँके नपालगन्जकी सञ्जु कोचको घरमा डेरा लिएर बसेको कोठाभित्रै ढोका भित्रबाट लक गरेको अवस्थामा सलले घाँटी कसेर झुण्डियको अवस्थामा बिहान ६ बजे मृत फेला परेकी थिइन्। सञ्जु उक्त घरमा एक महिनादेखि कोठा लिएर बसेकी हुन्।

शाहका अनुसार चौधरीको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ। उनको मोबाइल लगायतका सामाग्री फरेन्सिक ल्याबमा पठाइएको छ। के-कति कारणले आत्महत्या गरिएको हो भन्ने खुलेको छैन।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार २४ वर्षीया सञ्जुले ६ महिनाअघि मात्र नेपाल प्रहरीबाट राजीनामा दिएकी थिइन्। केही महिना करारमा काम गरेकी उनले केही समयपछि नेपाल प्रहरिको कार्यालय सहयोगी पदमा जागिर खाएकी थिइन्।

केसी भन्छन्, ‘उनले किन प्रहरीको जागिर छाडिन् भन्ने खुलेको छैन। केही बेटर अवसर पाएर हुन सक्ने अनुमान छ। भारत्तोलनमा आउनुअघि सञ्जु क्रिकेटलगायत अन्य केही खेलमा पनि सहभागी थिइन्। पुलिस छाडेपछि पछिल्लो समय उनले आर्मीको टिमसँग रहेर प्रशिक्षण गर्थिन्।’

उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी थिइन्।

प्रशिक्षक महर्जनको घरमा आयोजित रात्री भोजमा सामेल भएकी उनी बिहान मृत भेटिएकी हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। एसियाली खेलकुदको तयारीका लागि केही दिन अगाडि मात्र उनी काठमाडौं आएकी थिइन्।

१३ औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन्। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिहास रचेकी थिइन्।

पोखरा माटेपानीस्थित एसआर केसी बैंक्वेटमा भएको प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोटलतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन्।

annapurrnapost.com

प्रतिक्रिया दिनुहोस