पैयुको बाटो हिड्दा पुर्व प्रधानमन्त्री केपि ओलिलाई धेरै मिस गरे :अध्यक्ष गुरुङ


काठमाडौं, २७ बैशाख । नेपाली काङ्ग्रेस पैयु गाउपालिकाको आयोजनामा भएको चुनावी कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ्ले पुर्व प्रधानमन्त्री केपि ओलिलाई आज धेरै मिस्स गरेको बताउनुभएको छ ।

पैयु गाउपालिकामा नेपाली काङ्ग्रेसको उम्मेद्वार राज मल्ललाई जिताउने अभियानमा ४ घन्टा बाइक र्याली सहित पैयु पुग्नुभएको गुरुङ्ले हिडदै गर्दा डाडा हरु देख्दा पुर्व प्रधानमन्त्री केपि ओलिज्युले डाडा काडा छेडेर रेल कुदाउछु भनेको सम्झी धेरै मिस गरेको बताउनुभयो ।

अध्यक्ष गुरुङले हामिलाइ हाम्रो पार्टी शभापतिले बिपक्षी नेतालाई पनि सम्मानका साथ बोल्नु भनी निर्देशन भएको छ हामी कसैसङ आक्रोस गर्दैनौ तर हामी झुटको खेती गर्दैनौ भन्नू भयो ।

तरुण दल अध्यक्ष गुरुङ्ले पहिला पहिला पुर्व प्रधानमन्त्री केपि ओलिज्युको भाषण सुन्दा खेरी एक युवा को हैसियतले खाडीको युवाको बिषयमा बोल्दा अत्यन्त भावुक हुने गरेको तर यथार्थमा पुर्व केपि ओलिको सरकार्ले ती युवा हरुको उचित सम्बोधन गर्न नसकेको जिकिर गर्नुभयो ।अध्यक्ष गुरुङले ती सबै कुरा कुराको प्रश्नको उत्तर तेस ठाउको एमालेको उम्मेद्वार महेन्द्र श्रेष्ठलाई लाई गएर सोध्नुपर्ने बताउनुभयो ।अध्यक्ष गुरुङ्ले त्याको स्थानिय नेता खगेन्द्र तिवारिज्युहरुको सकृयताको खुलेर प्रशङ्सा गर्नुभयो ।

लकडाउनको बेलामा किसानहरुले भुइमा दुध पोख्दा पनि किसान हरुको माग पूरा नगरेको केपि सरकारले महिला रास्ट्रपति बिध्याभन्डारी हुदा महिलाहर्को हक अधिकार सुनिश्चित हुन नसक्नु सबैभन्दा दुखदायी कुरा भएको भनी जिकिर गर्नुभयो ।

उहाले लोकतान्त्रिक गठवन्धनको उम्मेद्वार प्रमुखमा राज मल्ल ठकुरी सहित सम्पुर्ण उम्मेद्वारलाई भारी मतले बिजयी गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस