अश्वत्थामाको कहिले मृत्यु नहुनुको राज


वीरयोद्धा अश्वत्थामा गुरू द्रोणाचार्यका छोरा थिए । द्रोणाचार्यले भगवान शिवलाई मनाउनको लागि तपस्या गरेका थिए । त्यसपछि अश्वत्थामा जस्ता बहादुर छोराको जन्म भएको थियो । जन्म हुँदा अश्वत्थामाको टाउकामा एक चमत्कारिक मणि थियो । मणिका कारण उनलाई भोक,प्यास तथा थकाइ लाग्दैनथ्यो ।

कुरुक्षेत्रको युद्धमा महारथी कौरवले अरुसँग युद्ध गरेका थिए । युद्धमा कर्णपछि अश्वत्थामाले कौरवका तर्फबाट सबैभन्दा बढी मानिस मारेका थिए ।
भनिन्छ,अश्वत्थामाका आजसम्म पनि जिउँदै छन् । अश्वत्थामा कलीयुगमा पनि जीवीत हुनुको पछाडी एक कहानी जोडिएको छ । यो कहानी उनको अमरता नभएर भगवान कृष्णको सराप हो । उनलाई प्रत्यक्ष रुपमा कतिपय मानिसहरुले देखेको दावी गरेका छन् ।

पांडवहरुको धोकाबाट पिता द्रोणाचर्यको मृत्यूपछि अश्वत्थामा क्रोधित भएका थिए । उनले रिसको आवेशमा पांडवका केही सेनाको हत्या गरे । तर फेरी पनि दुर्योधन र कौंरवको हार भएपछि अश्वत्थामाले कौरवका राजाबाट पांडवहरुलाई मार्ने कसम खाए । त्यही अधेरी रातमा पांडवलाई मार्न गए तर त्यहाँ पाण्डव नभेटिएपछि उनले पाण्डवको छोराको हत्या गरे ।

भोलिपल्ट विहान जव पाण्डवको अघिल्लो रातको काण्ड पत्ता लाग्यो र उनी रिसले चुर भए । त्यसपछि अश्वत्थामा र अर्जुनवीच लडाइ सुरु हुन्छ । दुवै जनाले एक दोस्रोकावीच ब्रह्मास्त्र प्रहार गरे । यो विनाशकारी हुन लागेको देखेर ऋषिहरुले दुवैजनासँग आफ्नो हतियार फिर्ता लिन आग्रह गरे । अर्जुनले आफ्नो अस्त्र फिर्ता लिन सक्दथे तर अश्वत्थामा अस्त्र फिर्ता लिन सक्दैनथे । यो अस्त्र कुनै एक लक्ष्यमा केन्द्रित गर्न सक्थे । बदलाको भावनाबाट ग्रसित अश्वत्थामाले यस विध्वंसक अस्त्रको निशाना अर्जुनको बुहारी तथा अभिमन्युकी गर्भवती पत्नीको गर्भमा लगाए । जसले गर्दा उनको जन्म हुनेवाला पुत्रको मृत्यु भयो ।

अश्वत्थामाको यस्तो दुस्साहसबाट क्रोधित भएर भगवान कृष्णले ३ हजार वर्षसम्म रोगी भएर जंगलमा घुमी रहनु र उनलाई कसैले मदत नगरुन भनी उनलाई श्राप दिएका थिए । यसका साथै अश्वत्थामाको शिरमा रहेको मणि पनि खोसेका थिए । त्यसैकारण , मानिन्छ कि अश्वत्थामा आजसम्म पनि जीवित छन् ।

-धार्मिक ग्रन्थको सहयोगमा

प्रतिक्रिया दिनुहोस