कागले यस्तो संकेत दिए भाग्य चम्किनेछ


१.कुनै पनि पोल तथा खम्बामा बसेर भाले काग र पोथी कागले माया प्रेम गरेको देखेमा आफ्नो माया प्रेममा ठूलो फाटो आउने बुझिन्छ । अझ शनिवारको दिन फलामको पोलमा कागको त्यो दृश्य देखेमा अवश्य नै माया प्रेममा फाटो आउने छ ।

२. सपनामा काग देखेमा नराम्रो घटना हुनेछ ।

३. घरमा काग आएर कराएमा पाहुना आउने संकेत बुझिन्छ ।

४. पानीको मुहानमा काग बसेको देखेमा यसले धन लाभको संकेत गर्दछ र सोचेको काम हुनेछ ।

५. कागले अन्यासै टाउको कन्याएको देखेमा मनोकामना पूर्ण हुनेछ ।

६. कागले खाना खाएको देखेमा कार्य सिद्धिको संकेत बुझिन्छ ।

७. कागले चुच्चोमा मासु च्यापेको देखेमा अत्यन्त शुभ हुने र आर्थिक लाभ हुनेछ ।

८. चुच्चोमा फल तथा फूल राखेर बसेको देखेमा रोकिएको काम पूर्ण हुन्छ ।

९. कुनै पनि पात नभएको हाँगामा काग बसेको देखेमा घरका अग्रज व्यक्तिलाई रोग लाग्ने, आफै विरामी हुने तथा काम विग्रने संकेत बुझिन्छ ।

१०. कोइलामाथि बसिरहेको अवस्थामा कागलाई देखेमा नराम्रो घटना घट्ने संकेत दिएको बुझिन्छ । यस्तो देखेमा शनिबारको दिन कालो कपडा गरीबलाई दान गर्ने र प्रत्येक शनिवार पीपलमा पानी चढाउने गर्नुपर्छ ।

११.भाँपचएको हाँगामा काग बसेको देखेमा मुद्धा मामिलामा फस्ने तथा प्रहरी चोकीसम्म जानुपर्ने हुन्छ ।

१२. कागले पखेटा हल्लाएको देखेमा तथा आङ तानिरहेको देखेमा प्रियजनको विषयमा दुखद खबर सुन्नुपर्नेछ ।

१३. कागले शरीरमा विस्टाएमा झगडा हुने र मानसिक तनाव हुने हुन्छ ।

१४. काग टाउकोमा बस्यो वा ठुगेर भाग्यो भने धन हानी, रोग, मुद्धा मामिलाको संकेत दिएको बुझिन्छ ।

१५. कागको हुल आएर घरमा बसेमा कमाइ गर्ने मानिसलाई खतरा हुने तथा घरको जेष्ठलाई खतरा भन्ने बुझिन्छ ।

१६. गाउँ तथा घरमा हुलै काग आएर कराएमा त्यो ठाउँकै लागि अशुभको संकेत दिएको भन्ने बुझिन्छ ।

१७. कागले पानी पिइरहेको देखेमा काम बन्ने संकेत दिएको बुझिन्छ ।

धार्मिक ग्रन्थको सहयोगमा

File Photo

प्रतिक्रिया दिनुहोस