मनोकामना पूरा गर्ने पाथीभरा मन्दिर


पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल हो ।उक्त मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । मन्दिर १२ हजार फिट उचाइमा रहेको छ ।

विश्‍वास आस्था र पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४किलोमिट पूर्वतर्फ ३७९४ मिटरको उचाईमा अवस्थित रहेको छ । फुङ्लिङ बजारबाट एक दिन पैदल हिँडेर पुगिन्छ ।

मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ।

ताप्लेजुङ्गका लिम्बू समुदायहरू पाथीभरालाई मुक्‍तुवुङ भनेर चिन्दछन् । लिम्बूभाषामा मुक्‍तुको अर्थ शक्ति वा बल, वुङको अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् ।

मन्दिरमा दर्शनका लागि टाढा टाढादेखि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । पाथीभरा माताले स्वच्छ र श्रद्धाका साथ जे माग्यो त्यो पूरा हुने धार्मिक मान्यता रहेको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा

प्रतिक्रिया दिनुहोस