हिरण्यकशिपुको जन्म र मृत्युसँग जोडिएका घटनाहरु


विष्णुपुराणमा वर्णन गरे अनुसार आदी पुरुष कश्यप र उनकी पत्नी दितिको दुई छोरा थिए । हिरण्यकशिपु र हिराण्याक्ष । यी दुई दाजुभाईको जन्म अशुभ समयमा भएकोले उनीहरु राक्षस भएर जन्मे । दाजु हिराण्याक्षलाई भगवान विष्णुको बराह अवतारले मारेका कारण विष्णुसँग बदला लिनलाई हिरण्यकशिपुले ब्रह्मालाई खुशी बनाई धेरै वरदान प्राप्त गरेका थिए ।

हिरण्यकशिपुुले गरेको कठोर तपस्या देखेर ब्रह्मा प्रसन्न भई उनलाई कोही मानिसले मार्न नसक्ने, पशुले मार्न नसक्ने, न दिनमा वा न रातमा मार्न नसक्ने, घरको बाहिर र भित्र पनि मार्न नसक्ने र कुनै अस्त्रले पनि मार्न नसक्ने वरदान दिएका थिए । हिरण्यकशिपुलाई यहि वरदानले घमण्ड बढाएकाले आफुलाई अमर सम्झन थाले । उसले इन्द्रको राज्य जिते र तीन लोकलाई दुख दिन थाले । उनले सबैले आफुलाई भगवान मानेर पुजा गरुन भन्ने चाहान्थे । उनले आफ्नो राज्यमा विष्णुको पुजा रोकिदिए । तर उनकै छोरा प्रह्लाद भगवान विष्णुको भक्त थिए ।

त्यसकारण बाबुले जस्तो सुकै सजाय दिएपनि विष्णुको पुजा गर्न छाडेनन् । हिरण्यकशिपुले क्रोधमा आएर आफ्नो छोरा प्रह्लादलाई बहिनी होलिकाको काखमा राखेर जलाउने प्रयास गरे । होलिकालाई आगोमा नजल्ने वरदान थियो तर प्रह्लादको एउटा रौ पनि पोलेन तर होलिका आफै जलेर खरानी भईन् । छोरा मार्नलाई उनले पटक पटक प्रयास गरेकाले विष्णुले प्रह्लादलाई बचाउन फेरी आए खम्बाबाट नरसिंहको रुपमा प्रकट भई हिरण्यकशिपुको महलमा प्रवेशद्धारको चैखतमा, जुन न घरको बाहिर न त घरको भित्र, गोधुली समयमा, न दिन न रात, आधा मानिस, आधा पशु र नरसिंहको रुपमा आफ्नो लामो नङ्ग्राले, न त उनिसंग कुनै अस्त्र थियो । नङ्ग्राले आक्रमण गरेर मारिदिए । यसरी हिरण्यकशिपुसँग धेरै वरदान प्राप्त भएपनि आफ्नो दुष्कर्मको कारण डरलाग्दो तरीकाले अन्त्य भयो । नरसिंहको रिस हिरण्यकशिपुको हत्या गरेपछि पनि शान्त भएन सबै देवताहरुले लक्ष्मीलाई शान्त बनाउन आग्रह गरेपनि लक्ष्मीले नसक्ने बताइन र ब्रह्माले प्रह्लादलाई अगाडी ल्याइदिएपछि मात्र रिस शान्त भएको थियो भनिएको छ ।

हिरयण्कशिपुको नामको विषयमा मतभेद छ उनको जन्मको नाम हिरण्यकिशुप राखेका थिए पछि सबैलाई दुख दिएकाले (संस्कृत भाषामा कषिको अर्थ हानिकारक, अनिष्टकर र पिडादायक) हुने भएकोले पछि नाम हिरण्यकश्यपबाट बोलाउन थालियो । उनको मृत्यु बिहारको पुर्णिया जिल्लाको बनामनखी खण्डको जानकी नगरको नजिक धरहरामा भएको थियो भनिएको छ । यसको प्रमाण अहिले पनि छ र प्रतिवर्ष लाखौ मानिसहरु त्यहाँ होलिका दहनमा भाग लिने गरेका छन् । (धार्मिक ग्रन्थको सहयोगमा)

प्रतिक्रिया दिनुहोस