सेक्सलाई सन्तुष्टिपूर्ण बनाउने शानदार टिप्सहरू………


यौन जीवनसँग निद्राको गहिरो सम्बन्ध छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको सेक्स जीवन उत्साहजनक हुन सक्दैन । पर्याप्त निदाउन नसक्ने मानिसले सेक्सका लागि आवश्यक पर्ने ऊर्जा तथा बल हासिल गर्न सक्दैन । साथै, यस्तो मानिस सेक्सप्रति त्यति उत्साहित पनि हुँदैनन् ।

खानपान
सेक्स जीवनका लागि पौष्टिक खानपिन आवश्यक पर्छ । अण्डा, जैतुनको तेल, एवोकाडो, डार्क चकलेट, कुरिलोजस्ता खानाले सेक्स पावर बढ्छ ।

आराम
शरीरलाई आराम मिल्यो भने शरीरमा सेक्स हार्मोनको स्राव बढ्न जान्छ । चिन्तित मानिसको शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन नहुने भएकाले आराम गरेर शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन गराई यौन जीवनलाई भव्य बनाउन सकिन्छ ।

व्यायाम
शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्ने गर्नुपर्छ । सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ । साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ । व्यायामलाई बलियो सेक्स जीवनका लागि आवश्यक मानिन्छ ।

मुड
बिग्रिएको मुड लिएर तपाईं सेक्समा सक्रिय हुन सक्नुहुन्न । त्यही भएर कुनै कारणले मुड खराब छ भने सेक्सका लागि तयारी गर्ने योजनामुताबिक रात पर्दै गएपछि मुड सुधार्दै लैजानुस् । यसरी मुड सुधारेर सेक्समा सरिक हुनुभयो भने यसले तपाईंको मुडलाई अझ राम्रो बनाउन मद्दत पुर्याउँछ ।

गीत
सेक्सलाई सुमधुर बनाउन सानो ध्वनिमा गीत बजाउनु पनि राम्रो हुन्छ । रोमान्टिक गीत चयन गर्नुस् ।

कपडा
राती सुत्दा तपाईंले लगाउने कपडाले पनि तपाईंको सेक्स मुड बनाउन भूमिका खेल्ने गर्छ । राती सुत्ने बेलामा लगाउनका लागि बजारमा पातलो मुलायम कपडाको नाइट ड्रेस पाइन्छ । यस्तो पहिरन लगाएर ओछ्यानमा जानुभयो भने यसले तपाईंको पार्टनरलाई सेक्सका निम्ति उत्साहित बनाउँछ ।
मेरो लाइफस्टाइल/photo source :stocklib

प्रतिक्रिया दिनुहोस