के महिलाका ठुला स्तनले बढी यौन आनन्द दिन्छ हो………


महिलाका ठुला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठुला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि होला महिलाको सौन्दर्य स्तनको आकारसँग जोडिएको हुन्छ ।

स्तनको नाप वा आकारको सबैभन्दा ठुलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा हुन्छ । स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि ।

पुरा स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । स्तनको विशेष गरेर मुन्टो तथा वरिपरिको भाग यौन संवेदनशील हुन्छन् । स्तनको मुन्टोलाई केही बेर खेलाए पनि यो कडा तथा उठ्ने ९उत्तेजित हुने० गर्दछ । यौन प्रतिक्रिया चक्रको प्ले टु चरणमा स्तनको आकार पनि स्पष्ट रुपमा ठुलो भएको हुन्छ । स्तनको आकार सानो वा ठुलो जे भए पनि यौन सुख पाउने कुरामा कुनै फरक पार्दैन ।

तर स्तन केही ठुलो भयो या केही सानो भयो भन्दैमा यौन क्रियाकलापमा कुनै फरक पर्ने होइन । कतिपयलाई वैवाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त कुनै व्यक्तिले विवाह गर्ने व्यक्तिसँगको सम्बन्ध र उसको अपेक्षामा भर पर्छ ।

ठुला आकारका स्तन भएका कति महिलाका वैवाहिक जीवन सुमधुर छैनन् भने कति साना स्तन भएका कतिपय महिलाका सुमधुर । स्तनको आकार आफै मात्र यसको निर्णायक आधार होइन ।

प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति छैन भने त्यसैको अनावश्यक रुपमा पिर लिएर बस्नु कुनै बुद्धिमानी होइन । मन बलियो बनाई आफ्नो शारीरिक स्वरुपप्रति सहज भई अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नुपर्छ ।
मेरो लाइफस्टाइल/photo source: stocklib

प्रतिक्रिया दिनुहोस