मुस्ताङको घरपझोङमा गठबन्धनका कांग्रेस उम्मेदवार विजयी

मुस्ताङको घरपझोङमा गठबन्धनका कांग्रेस उम्मेदवार विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ३१ वैशाख (रासस)। मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गर्नुभएको हो । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६.६८ प्रतिशतअर्थात् एक हजार ५९८ मत खसेको थियो ।

घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका फणीन्द्र थकालीसहितका उम्मेवार विजयी हुनुभएको छ । घरपझोङ–४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको छ ।