दाङमा नेपाली काँग्रेसकाे विजयी सुरुवात


घोराही, वैशाख ३१ गते । दाङमा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । दंगीशरण गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका रमेश भण्डारीसहित उहाँको प्यानल विजयी भएको हो ।

भण्डारीले ६४४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद चौधरीले ५५३ मत मात्रै प्राप्त गर्नुभएको छ । पराजित चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा विजयी हुनुभएको थियो ।

त्यसैगरी, काँग्रेसकै खुल्ला सदस्यहरु चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार विजयी हुनुभएको छ । जम्मा २०५५ मतदाता रहेकोमा १३९४ मत खसेको थियो ।
gorkhapatra

प्रतिक्रिया दिनुहोस