मानेभञ्ज्याङ्ग–१ काँग्रेस र खिजिदेम्बा – १ वडामा जसपा प्यानल विजयी

मानेभञ्ज्याङ्ग–१ काँग्रेस र खिजिदेम्बा – १ वडामा जसपा प्यानल विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा, बैशाख ३१ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका एकमा नेपाली काँग्रेस र खिजिदेम्बा गाउँपालिका एक वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी हुनुभएको छ ।

मानेभञ्ज्याङ्ग–१ मा काँग्रेस तर्फका राजकुमार रुम्दाली र खिजिदेम्बा–१ मा जसपा तर्फका वडा अध्यक्षका उम्मेदवार कुमार सुनुवारको प्यानल विजयी हुनुभएको हो । रुम्दालीले माओवादी केन्द्रका उम्मेदवार सुजन रुम्दालीलाई ४३ मतले पछि पार्दै वडा अध्यक्षमा पुन निर्वाचित हुनुभएको हो ।

रुम्दाली २०७४ सालको स्थानिय तहको निर्वाचनमा सोही वडाको वडा अध्यक्षमा विजयी हुनुभएको थियो । महिला सदस्य गंगा श्रेष्ठ, दलित महिला सदस्य राधा दियाली, खुल्ला सदस्य गिते आलेमगर र परमराज राई विजयी भएको छ ।

यस्तै ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–१ मा जनता समाजवादी पार्टीको वडा अध्यक्षका उम्मेदवार कुमार सुनुवारको प्यानल विजयी भएको छ । महिला सदस्य कल्पना भुजेल, दलित महिला सदस्य कविता विक, खुल्ला सदस्यहरु अर्जुन कुमार श्रेष्ठ र गोरे तामाङ्ग सहितको जसपाको प्यानल विजयी हुनुभएको हो । जिल्लाको आठ वटै स्थानिय तहको केन्द्रमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ । गोरखापत्र