घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३१ वैशाख । घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिनुभएको छ ।

घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) बाट प्रमुख पदमा उम्मेदवार नरुलाला चौधरीले १४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १८० मत र नेकपा(एमाले)का उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गर्नुभएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा वडा नं १४, १८ र १९ को मतगणना भइरहेको छ ।

घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७.७६ प्रतिशत मत खसेको थियो । (रासस)