काठमाडौंको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर बालेन शाहका समर्थकको भीड

काठमाडौंको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर बालेन शाहका समर्थकको भीड

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् ।

राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका छन् ।

शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसको ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् ।

नयाँ नेतृत्व आउनुपर्छ भन्दै समर्थकहरु नाराबाजी गरिरहेका छन् । बालेन शाहको अग्रताले देशभर नै तरंग ल्याइरहेको उनीहरूको तर्क छ ।

नारा लगाउनेमा स्वतन्त्र उम्मेदवार बालेन शाह पक्षधर मतदाता धेरै छन् । प्रारम्भिक मतपरिणाम बालेनको पक्षमा आएपछि उनका समर्थक हौसिएका छन् ।

पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् । अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिए ।