वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र वीरगञ्ज महानगरपालिकाको मतगणना शनिबार दिउँसो सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयस्थित मतगणनास्थलमा शनिबार दिउँसो पौने ३ बजेबाट मतगणना कार्य सुरु भएको हो ।

वीरगञ्ज महानगर पालिकाको वडा नम्बर १ , वडा नम्बर २, वडा नम्बर ३१ र वडा नम्बर ३२ को मतगणना सुरु गरिएको उहाँले जानकारी दिनुभयो । शनिबार बिहान बसेको सर्वदलीय बैठकले मत गणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरे पनि ढिला गरी गणना सुरु भएको हो।

वडा नम्बर १ को मतगणना सुरु गर्दै गर्दा दलका प्रतिनिधिबीच विवाद भएपछि केही बेर वडा नम्बर १ को मतगणना स्थगित भएको थियो । अन्य तीनवटा वडाको मतगणना जारी रहेको प्रमुख निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

१४ वटा स्थानीय निकाय रहेको पर्सा जिल्लाका सबै स्थानीय तहमा मतगणना जारी छ । पर्साको धोबिनी गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका बन्धुसाह तेली ५७४ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका ललन राउत कुर्मीले ४७७ मत पाउनु भएको छ ।
गोरखापत्र