महोत्तरीमा नेकपा माओवादी केन्द्रले खाता खोल्यो

महोत्तरीमा नेकपा माओवादी केन्द्रले खाता खोल्यो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिकामा नेकपा माओवादीले मात्र ९ मतको झिनो अन्तरले पहिलो खाता खोलेको छ । शुक्रबार राति देखि जारी मतगणना परिणामा अनुसार नेकपा माओवादी महोत्तरीको बर्दिवास नगरपालिका–८ मा वडा अध्यक्ष पदमा विजयी भएको हो ।

नेकपा माओवादी केन्द्रका शमशेरसिंह लामा ७ सय ५३ मत ल्याइ विजयी हुनुभयो । बर्दिवास निर्वाचन कार्यालयका अधिकृत भुपेन्द्र सापकोटाले लामालाई विजयी भएको घोषणा गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

निकटमत प्रतिद्वन्दी किङरिङ र विजयी हुनुभएका लामाबीच मात्र ९ मतको अन्तर रहेको निर्वाचन अधिकृत सापकोटाले बताउनु भएको छ । बर्दिवास सेवा समितिको हलमा जारी मत गणना अनुसार तीन हजार ६०५ मतदाता रहेको बर्दिवास–८ मा कुल दुई हजार ५६२ मत खसेको थियो ।गोरखापत्र