तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख (रासस) । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज तीन हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले एक हजार ६३८ मतका साथ अग्रता लिनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले एक हजार ३५१ मत प्राप्त गर्नुभएको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले एक हजार ५५७ र नेकपा (एमाले)की उम्मेदवार भवानी डोटेलले एक हजार ३६२ मत प्राप्त गर्नुभएको छ । कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो ।