रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चल्यो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चल्यो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चलेको छ। शनिबार साँझ राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ।

मतगणनास्थल बाहिर सत्ता गठबन्धनका कार्यकर्ताले होहल्ला गरी आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो । मतगणनास्थलमा मत गणना जारी रहेको जानकारी प्राप्त भएको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ। हाल दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर १ डडुवाको मतगणना भइरहेको छ। प्रहरी कार्यालयले अहिले स्थिति सामान्य रहेको जनाएको छ।