डोटीका नौवटै पालिकामा मत गणना सुरु

डोटीका नौवटै पालिकामा मत गणना सुरु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, ३१ वैशाख (रासस) । डोटीका नौवटै स्थानीय तहमा मतगणना सुरु भएको छ । विभिन्न विषयमा विवाद भएपछि यहाँको केआईसिंह, सायल गाउँपालिका तथा शिखर नगरपालिकामा र दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु हुन सकेको थिएन । अन्य गाउँपालिकाहरू जोरायल, आदर्श, बडिकेदार, बोगटान फुड्सिल र पूर्वीचौकी गाउँपालिकामा भने गए रातिदेखि मतगणना सुरु भएको थियो ।

डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मत पेटिका खोलेको भन्दै विवाद भएपछि बिहानदेखि मत गणना सुरु हुन सकेको थिएन । विवाद समाधान भएपछि अहिले ७ः३० बजेदेखि जिल्लाका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटै स्थानीय तहमा मतगणनाको कार्य सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँचवटा पालिकामा गएरातिदेखि मतगणनाको कार्य सुरु भएको थियो, चारवटामा विवाद भएका कारण मतगणना हुन सकेको थिएन अहिले विवाद समाधान भएपछि मतगणनाको कार्य सञ्चालन भएको छ ।”

जिल्लामा एक लाख २३ हजार ५५४ मतदाता रहेकामा ७८ हजार २४९ (६४ दशमलव ३३ प्रतिशत) मतदान भएको बताइएको छ । जिल्लामा मत गणना सुरु भएसँगै नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।