मध्यपुर थिमि–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डङ्गोल विजयी

मध्यपुर थिमि–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डङ्गोल विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भादगाउँ, ३१ वैशाख (रासस) : मध्यपुर थिमि नगरपालिकामा–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डङ्गोल विजयी भएका छन् । नेकपा एमालेका कृष्णकुमार प्याथसँग प्रतिस्पर्धा गरेका डङ्गोलले एक हजार ७१० मत ल्याएर विजयी भएका हुन् । उहाँका निकटम प्रतिद्वन्द्वी प्याथले एक हजार २९० मत ल्याएको मध्यपुर थिमी नगरपालिकाका सहायक निर्वाचन अधिकृत मैयाँ कँडेलले जानकारी दिनुभयो ।

त्यसैगरी वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवाहरु विजयी भएका छन् । महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्यमा रिमा परियार, कान्छाराम द्वारे तथा नेकपा एमालेका श्याम प्रजापति विजयी भएका छन ।