भरतपुरमा रेनु दाहालले बढाइन् अग्रता, विजय सुवेदी पछि परे

भरतपुरमा रेनु दाहालले बढाइन् अग्रता, विजय सुवेदी पछि परे

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता बढाएकी छन्।

नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ३२ मत ल्याएकी छन्। उनले एमाले-राप्रपा गठबन्धनका विजय सुवेदीलाई १ सय १६ मतले पछि पारेकी हुन्।

एमालेका उम्मेदवार सुवेदीले ८ सय १६ मत ल्याएका छन्।

कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९ मत ल्याएका छन्।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता लिएका छन्।

अधिकारीले १ हजार १९ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरूङले ६ सय ६७ मत ल्याएकी छन्।