पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादीका) धनराज आचार्यको अग्रता कायमै

पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादीका) धनराज आचार्यको अग्रता कायमै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतगणना अनुसार ११ सय मत गन्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार धनराज आचार्यले ४ सय ५६ मत ल्याएका छन्।

उनलाई पच्छ्याइरहेका एमालेका कृष्ण थापाले ३ सय ८३ मत पाएका छन्।

उपमेयरमा पनि सत्ता गठबन्धनले नै अग्रता लिएको छ। उपमेयरमा साझा उम्मेदवार कांग्रेसकी कोपिला रानाभाटले एमाले उम्मेदवारलाई १ सय मतले पछाडि छोडेकी छन्। कोपिलाले ५ सय ४ मत पाउँदा एमालेकी मञ्जुदेवी गुरूङले ४ सय ४ मत ल्याएकी छन्।