कलैया उप-महानगरपालिकामामहानगरपालिकामा गठबन्धनलाई उछिन्दै एमाले अगाडि

कलैया उप-महानगरपालिकामामहानगरपालिकामा गठबन्धनलाई उछिन्दै एमाले अगाडि

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा । कलैया उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार विनोद साह अगाडी देखिएका छन् । उपमहानगरको वडा नं १ र २ मा भइरहेको मतगणनामा एमालेका उम्मेदवार विनोद साहले एक हजार १७७ मत ल्याएका छन् भने प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेश राय यादवले ६११ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन प्रवीणले ९५७ मत ल्याएकी छिन् भने गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले ६०२ मत ल्याएका छन् । उपमहानगर वडा नं १ कलैया बजार क्षेत्र एमालेको पुरानो गढ क्षेत्र हो । कलैया उपमहानगरका सहायक निर्वाचन अधिकृत इन्द्र कुमार योङहाङले असाध्यै सुस्त गतिमा मत गणना भइरहेको गुनासो गरेका छन् ।