चितवनमा एमालेले खाता खोल्यो

चितवनमा एमालेले खाता खोल्यो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको इच्छाकामना २ को वडाध्यक्षमा नेकपा एमालेका पञ्च बहादुर चेपाङ विजयी हुनुभएको छ । गठबन्धनका उमेद्वार माओवादी केन्द्रका प्रकाश बुढाथोकीलाई १६९ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

चेपाङले ६८३ र बुढाथोकीले ५१४ मत प्राप्त गर्नुभयो । यसअघि पनि प्रकाश बुढाथोकीलाई पराजित गर्दै पञ्च बहादुर चेपाङ वडाध्यक्षमा विजयी हुनुभएको थियो । यसैबिच वडा सदस्यहरुमा नेकपा एमालेकै उमेदवारहरु विजयी भएका छन् ।