ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांग्रेसको अग्रता

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांग्रेसको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ (रासस)। ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

मतपरिणाम अनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ । कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाउनुभएको छ ।

महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत र एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी वीना सुवेदी केसीले ४२२ मत र कांग्रेसबाट लक्ष्मी महर्जनले ३३८ मत पाउनुभएको छ ।

महालक्ष्मी –१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गर्नुभएको जनाइएको छ ।