वीरगञ्ज महानगरपालिकामा गठबन्धनका राजेशमान सिंहको अग्रता

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका राजेशमान सिंहको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १ जेठ (रासस)। पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ ।

उहाँका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त भएको छ । हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी छ । हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका छन् । जिल्लाका अन्य पालिकामा पनि मतगणना जारी छ ।

जिल्लाको १४ वटै पालिकामा कूल तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए ।