भरतपुर महानगरपालिकामा माओवादी र एमाले उम्मेदवारबीच कडा टक्कर

भरतपुर महानगरपालिकामा माओवादी र एमाले उम्मेदवारबीच कडा टक्कर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाललाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले कडा टक्कर दिइरहेका छन् । ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले १३०५ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४७० मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १५४२ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापाकी हिमला गुरुङले १०३५ मत प्राप्त गरेकी छन् ।