ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारको अग्रता

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा, १ जेठ (रासस)।ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका हुन् ।

धारा चिन्हका रुम्दालीको २४२५ मत आउँदा एमालेका रुपलाल तामाङको १७७४ मत आएको छ । उपाध्यक्षमा कांग्रेसका आश्राचन राई अगाडि छन् । उहाँले २३७९ मत ल्याउँदा जसपाका दीपेन्द्र रुम्दालीले १०७५ मत ल्याएका छन् । मानेभन्ज्याङमा कांग्रेसले स्वतन्त्रलाई समर्थन गरेको थियो भने एमाले र जसपाले तालमेल गरेका थिए ।

नौ वडा रहेको मानेभन्ज्याङमा १, २, ८, ७ र ९ को मतगणना भइसकेको छ । मतगणनाको परिणाम अनुसार वडा नं २ मा एमालेको प्यानल र अन्य सबै वडामा कांग्रेसको प्यानल विजयी भएका छन् ।