चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस अगाडि

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस अगाडि

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ जेठ (रासस)। चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्राप्त गर्नुभएको छ ।

उक्त नगरको वडा नं १ मा कांग्रेसका सिजन कार्कीले १२ मतको अन्तरले एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसको प्यानल विजयी भएको छ । कार्कीले एक हजार २२५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी एमालेको ईश्वर थापाले एक हजार २१३ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेसबाट विजयी हुने वडासदस्यमा गोविन्द श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, महिलामा मुना गुरुङ र दलित पूर्जा बर्देवा हुनुहुन्छ ।