भरतपुर महानगरमा रेनु दाहालको १ हजार ६ सय ११ मत

भरतपुर महानगरमा रेनु दाहालको १ हजार ६ सय ११ मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।

अहिलेसम्म ४४२३ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ६ सय ११ मत पाएकी छन्।

एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १ हजार ५ सय ४१ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ५ सय ३७ मत ल्याएका छन्।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले १ हजार ७ सय ७५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १ हजार २४२ मत पाएकी छन्।