३६५ दिननै दसैँ मनाउने व्यवस्थादेखि हेलिकप्टरबाट बीउ छर्ने वाचा गरेका उम्मेदवारलाई दुई मत

३६५ दिननै दसैँ मनाउने व्यवस्थादेखि हेलिकप्टरबाट बीउ छर्ने वाचा गरेका उम्मेदवारलाई दुई मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हेलिकप्टरबाटै बिउ छर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा गरेका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन्।

वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत पाएका छन्। यो वडामा १ हजार १२६ मत खसेको थियो।

उम्मेदवारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने वाचा गरेका थिए।

ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि पशुवस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए।