भरतपुरमा माओवादीलाई झट्का विजय सुवेदी भन्दा मात्र १४ मतले पछाडी

भरतपुरमा माओवादीलाई झट्का विजय सुवेदी भन्दा मात्र १४ मतले पछाडी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकामा ६ हज़ार ४ सय ७७ मत गणना गर्दा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल आफ्ना प्रतिद्वन्दीसँग जम्मा १४ मतले अघि छन्।

 

उनले २ हजार ३ सय १७ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले भने २ हज़ार ३ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ७ सय ६१मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा पनि गठबन्धनकै धेरै मत आएको छ। उपमेयरको उम्मेदवारमा गठबन्धनबाट चित्रसेन अधिकारीले २ हजार ५ सय ५२ मत ल्याएका छन् भने राप्रपा उपमेयर उम्मेदवार हिमला गुरूङ १ हजार ८ सय ४९ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।