काठमाण्डौंमा बालेनको मतान्तर बढ्दो , चितवनमा रेणुको मतान्तर घट्दो

काठमाण्डौंमा बालेनको मतान्तर बढ्दो , चितवनमा रेणुको मतान्तर घट्दो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले मतान्तर साँघुरो बनाएका छन् ।

साँझ ७ बजेको मत परिणाम अनुसार रेनु दाहाल मात्र २ मतले अघि रहेकी छन् । भरतपुर महानगरपालिकामा हालसम्म ६६७७ मत गणना भएको छ ।

यता काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।

साँझ ७ बजेको मतपरिणामअनुसार शाह एमाले उम्मेदवार केशव स्थापित भन्दा १८३८ मतले अगाडि छन्।

शाहले ३ हजार ८३४ मत प्राप्त गरेका छन्। स्थापितले भने १ हजार ९९६ मत प्राप्त गरेका छन्।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ८०२ मत प्राप्त गरेकी छन्।