काठमाडौंमा केशव स्थापित भन्दा बालेन साहको दोब्बर मतले अग्रता

काठमाडौंमा केशव स्थापित भन्दा बालेन साहको दोब्बर मतले अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं महानगरपालिकाको स्वतन्त्रतर्फबाट मेयरका उम्मेदवार वालेन्द्र साह(बालेन)ले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुदेखि अग्रता बनाएका बालेनले करिब २ हजार मतले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ४१३९ मत ल्याएका छन् ।

नेकपा एमालेको तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले २ हजार १ सय ४८ मत प्राप्त गर्दै साहलाई पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ८ सय २ मत प्राप्त गरेकी छन् ।