सिंहदरबारसँगै रहेको गुमनाम गुम्बा, पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठद्वारा अवलोकन

सिंहदरबारसँगै रहेको गुमनाम गुम्बा, पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठद्वारा अवलोकन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्रसँगै एउटा बौद्ध गुम्बा रहेको छ । धेरैलाई त्यहाँ गुम्बा छ भन्ने पनि थाहा छैन । अनामनगरबाट घट्टेकुलो खसी चोकतिर जाने बाटोमा रहेको उक्त गुम्बा बाैद्ध ऋषि महाप्रज्ञा आश्रमका रुपमा परिचित छ ।

बौद्ध भिक्षु महाप्रज्ञाको नाममा खुलेको उक्त गुम्बा (आश्रम )को भौतिक संरचना निर्माणका लागि बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले चासो दिएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २९ घट्टेकुलो स्थित रहेको अक्त आश्रमको भौतिक पूर्वाधार सुधारका लागि सशस्त्र प्रहरी बल (एपीएफ)का पूर्व महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र नेपाली कांग्रेस २९ नम्बर वडाका इकाइ सभापति अर्जुन श्रेष्ठले पहल गरेका हुन् ।

उनीहरुकै आग्रह बमोजिम आफू त्यो ठाउँको अवलोकन गर्न गएको पर्यटनमन्त्री श्रेष्ठले बताए । आफूलाई त्यो ठाउँमा बिहार/गुम्बा छ भन्ने कुरा थाहा नभएको भन्दै उनले उक्त ठाउँमा सुविधा सम्पन्न गुम्बा बनाउन बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘घट्टेकुलास्थित महाप्रज्ञा आश्रम ( बिहार ) भवनमा आदरणिय बुद्ध धर्म गुरुहरूको आग्रह बमोजिम बिहार पुनर्निर्माण गरि भौतिक सुधार गर्नु पर्ने स्थलहरूको अवलोकन गर्न एवं नेपाल बौद्ध परियति शिक्षा सञ्चालन गर्ने सम्बन्धमा त्यो ठाउँमा त्यहाँ गएको हुँ ‘, पर्यटनमन्त्री श्रेष्ठले भने, यो गुमनाम बिहारलाई प्रवर्द्धन गर्न पहल र बजेट व्यवस्थापन गर्ने छु ।’, उनले आगामी वर्षकै बजेटमा बिहार पुनर्निर्माणका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन समेत दिए । सिंहदरबारसँगै रहेको गुमनाम बिहारले नयाँ जीवन पाउनेमा सरोकारवालाहरू समेत आशावादी देखिन्छन् ।