भरतपुर महानगरमा विजय सुवेदीको ८०५४ मत

भरतपुर महानगरमा विजय सुवेदीको ८०५४ मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । बुधबार बिहानको मतपरिणामअनुसार दाहालले १३९३ मतको अग्रता बनाएकी छन् ।

हालसम्म ६ वटा वडाको २६२५८ मतगणना सम्पन्न हुँदा मेयरका उम्मेदवार रेनु दाहालले ९४४७ मत पाएकी छन् । यस्तै एमालेका विजय सुवेदीले ८०५४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ४२६५ मत पाएका छन्।