सिद्धार्थ बैङ्कलाई ‘वेस्ट अपरेटर्स बैङ्क इन साउथ एसिया २०२१’ अवार्ड

सिद्धार्थ बैङ्कलाई ‘वेस्ट अपरेटर्स बैङ्क इन साउथ एसिया २०२१’ अवार्ड

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेड ‘वेस्ट अपरेटर्स बैङ्क इन साउथ एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैङ्क समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)द्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बैङ्कले सो उपाधि प्राप्त गरेको हो ।आईएफसीको ट्रेड फाइनान्स कार्यक्रमअन्तर्गत पाँच सय साझेदार बैङ्कको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधामा ४८ विजेता छनोट गरिएकामा सिद्धार्थ बैङ्कले सो अवार्ड प्राप्त गरेको हो ।

आईएफसीअन्तर्गत रहेका नेटवर्क बैङ्कमध्ये आफ्ना ग्राहकलाई सरल र सहज ढङ्गले उत्कृष्ट बैङ्किङ सेवा प्रदान गर्दै बैङ्क सक्रिय साझेदार बैङ्कका रूपमा प्रस्तुत हुन सफल भएको बताइएको छ ।अवार्ड शुक्रबार विशेष कार्यक्रममा आईएफसीका तर्फबाट बङ्गलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गर्नुभयो ।