मत परिणामलाई लिएर कांग्रेससँग जसपा असन्तुष्ट : मन्त्री श्रेष्ठ

मत परिणामलाई लिएर कांग्रेससँग जसपा असन्तुष्ट : मन्त्री श्रेष्ठ

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा जसपाका नेता राजेन्द्र श्रेष्ठले सत्ता गठबन्धन भत्कने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धन बनेको समय देखि नै भत्काउने कसरतमा लागेपनि सफल हुन नसक्ने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने,“ओली र हाम्रो पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको हो, अब भेटघाटलाई नै पार्टी एकता हुन थाल्यो, गठबन्धन भत्काउन थालियो भन्ने बुझ्न मिल्दैँन, युद्धबीच त वर्ता हुन्छ भने यो त राजनीति न हो ।”

उनले मत परिणामलाई लिएर कांग्रेससँग भने जसपा असन्तुष्ट रहेको खुलासा गरेका छन् ।