गाडी चढ्न र सुखसयल गर्न विराटनगरको मेयर भएको होइन : मेयर नागेश कोइराला

गाडी चढ्न र सुखसयल गर्न विराटनगरको मेयर भएको होइन : मेयर नागेश कोइराला

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले भ्रष्टाचारमुक्त महानगर बनाउने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर कोइरालाले भने, “म अभावमा हुर्केको मान्छे होइन । गाडी चढ्न र सुखसयल गर्न विराटनगरको मेयर भएको होइन । न म भ्रष्टाचार गर्छु, न गर्न दिन्छु । जनताले दिएको म्यान्डेट नै त्यही हो । विराटनगरबाट ७ वटा प्रधानमन्त्री हुनुभयो । देश बनाउनुभयो, तर विराटनगरलाई बिर्सनुभयो । अब हामी विराटनगर बनाउँछौं ।”

पृथक विराटनगर बनाउनका लागि घोषणापत्रमा गरेका वाचा पूरा गर्ने पनि उनले बताए । उनले भने, “कर घटाउने र करको दायरा बढाउने, निजी अस्पतालको गुणस्तरको अस्पताल चलाउने, हरेक वडामा निजी विद्यालयको सुविधा सरहको सामुदायिक विद्यालय चलाउने, पिउन लायक खानेपानी, सरसरफाई, डुबानको समस्या समाधानका लागि दुई खोलामा तटबन्धन गरेर सडक बनाउने, १३ हजार सुकुम्बासीलाई व्यवस्थित गरेर घर हस्तान्तरण मेरा प्राथमिकता हुन् ।”