धम्की दिएर सात करोड पैसा माग्ने सात जना पक्राउ

धम्की दिएर सात करोड पैसा माग्ने सात जना पक्राउ

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सात करोड रुपियाँ माग गरेको आरोपमा प्रहरीले सात जनालाई शुक्रबार पक्राउ गरेको छ।

पीडितलाई पटक पटक फोन गरेर तथा भेटेर धम्की दिएर पैसा माग्ने सात जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। अपराध नुसन्धान कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका आरोपितमाथि अनुसन्धान सुरु भएको जानकारी दिनुभयो।

पक्राउ पर्नेमा उदयपुरका २१ वर्षीय सुजन आचार्य, कालिकोटका २९ वर्षीय टेक बिक, बझाङका २९ वर्षीय धर्मराज थापा, गुल्मीका २९ बसन्ता खनाल, काठमाडौंका ३३ श्रवण कार्की, काभ्रेका ३३ वर्षीय उमेश भण्डारी र चितवनका ३२ सुरज शर्मा छन्।

प्रहरीले पीडितको परिचय खुलाएको छैन। आरोपितलाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ।