दुवईका राजकुमारबाट दुर्गा प्रसाईलाई सुनको लौरो उपहार

दुवईका राजकुमारबाट दुर्गा प्रसाईलाई सुनको लौरो उपहार

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । नेपाल भ्रमणमा रहेका दुबईका राजकुमार जुमा अल मोक्तुमले व्यवसायी तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्। श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी पुगेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए।
प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो उपहार दिएका थिए । उनी आज र भोलि झापामै बस्ने कार्यक्रम रहेको छ । उनी काठमार्डौं आएलगत्तै पोखरा घुम्नको लागि जाने कार्यतालिका छ ।

प्रसाईले सञ्चालन गरेको झापाको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ।