मंगलम ग्रुपका निर्देशक श्री अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित

मंगलम ग्रुपका निर्देशक श्री अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मंगलम ग्रुपका प्रबन्ध निर्देशक श्री अभिनव चुरिवालज्यु कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित हुनुभएको छ । अवार्ड सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले प्रदान गर्नुभएको थियो । कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल ¥याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा वहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।

आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पु¥याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष एक समारोह आयोजना गरि प्रदान गर्ने गर्दछ ।

कार्यक्रममा श्री चुरिवालको साथ–साथै ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष श्री प्रदिपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु श्री उर्मिला श्रेष्ठ र श्री दिपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष श्री सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री दिनेश श्रेष्ठ, पूर्व उपाध्यक्ष श्री उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य श्री हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशक श्री सुदिप आचार्य लगायतका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।