साफ यू-१७ : नेपाल समूह ‘बी’ मा

साफ यू-१७ : नेपाल समूह ‘बी’ मा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यू-१७ साफको समूह विभाजन सार्वजनिक गरेको हो ।नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालको समूहमा भारत र भुटान रहेको छ ।

यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।

नेपालले यू-१७ साफका लागि खेलाडी छनोट गरिरहेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त समेत गरिसकेको छ ।