प्रतिनिधिसभाको शून्य समय : फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समय : फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ। प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सांसद अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले राष्ट्रियसभाको उपाध्यक्ष तत्काल निर्वाचन गर्न माग पनि गर्नुभयो । त्यस्तै, सांसद थापाले राष्ट्रिय महत्व र आम नागरिकको चासोको नागरिकता विधेयक समानता र सहमतिको आधारमा अगाडि बढाउन माग गर्नुभयो ।

त्यस्तै, सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताउनुभयो । राजनीतिक दलहरुले समेत नागरिकतामा गम्भीर नहुँदा लाखौं नागरिक नागरिकता भनाइ उहाँको छ ।

सांसद शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौं नागरिकको अधिकारमाथि कुठाराघात भएको बताउनुभयो । राष्ट्रपतिले जनताको संवेनशीलताभन्दा पनि राजनीतिक दलभन्दा माथि उठ्न नसकेको आरोप उहाँको छ ।

सांसद उमाशङ्कर अरगरियाले मुलुक सङ्घीयतामा गएकाले कर्मचारी सरुवा बढुवामा समस्या भएको बताउनुभयो । उहाँले सरकारले सङ्घीय निजामती ऐन तत्काल ल्याउन माग गर्नुभयो ।

कुमारी तुलसी थापाले राष्ट्रपतिबाट संसदमा फिर्ता पठाएको विधेयक सर्वसहमति बनाउनको सट्टा सत्ता गठबन्धनले जस्ताको त्यस्तै प्रमाणीकरणको लागि पठाउने निर्णयले राष्ट्रपतिको मानमर्दनमा अपमान गरेको बताउनुभयो । सत्ता गठबन्धनको अहंकारयुक्त निर्णयले आगामी निर्वाचनमा जनताले विवेक पु¥याउने उहाँ बताउनुहुन्छ ।

सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका आधारमा त्रुटि सच्याउनुपर्ने उहाँकाे धारणा छ । सांसद श्रेष्ठले सत्ता गठबन्धनले बलपूर्वक अगाडि बढाउने प्रयास नगर्न आग्रह गर्नुभयो ।

त्यस्तै, सांसद कृष्णप्रसाद दाहालले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जबरजस्तीभन्दा पनि राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले तत्काल कोरोना बीमा बापतको रकम भुक्तानी गर्न पनि माग गर्नुभयो ।

सांसद कृष्णबहादुर राईले फोहोर व्यवस्थापनमा काठमाडौंका प्रमुख र मन्त्रीले लाचारीपन देखाएका बेला धरानका प्रमुख आएपछि फोहोर व्यवस्थापन हुने भयो भनेर घोषणा गरेको बताउनुभयो । उहाँले काठमाडौंका प्रमुख वालेन साह र धरानका प्रमुख हर्क राईको दोहोरी चलेको देखिएको जानकारी सदनलाई गराउनुभयो । फोहोर व्यवस्थापन गर्ने नाममा स्थानीय जनताको मागलाई सरकार र महानगरले नगरअन्दाज गरेको आरोप उहाँको छ । उहाँले फोहोर व्यवस्थापन महानगर वा सरकारले गर्ने भन्ने कुराको अन्योल रहेको बताउनुभयो । सांसद राईले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगर र सरकार दुवैले योजना अगाडि नबढाएको आरोप लगाउनुभयो ।

सांसद खेमप्रसाद लोहनीले नागरिकताको प्रमाणपत्र जस्तो संवेदशील विषय उपहार दिए जस्तो तत्काल वितरण गर्न नहुने बताउनुभयो । सत्ता स्वार्थको लागि विवाह हुना साथ नागरिकताको प्रमाणपत्र दिन नहुने उहाँको भनाइ छ । सांसद लोहनीले नागरिकता प्रमाणपत्र विवाह गरेर आएको सात वर्षपछि दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, सांसद गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्ग्य गर्नुभयो । उहाँले सरकारले नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा दिउँसो नभइ राति पठाउनुपर्ने बताउनुभयो । अप्ठ्यारा कामहरु राति नै फत्ते हुने बताउनुहुँदै उहाँले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य चारवटा समितिको सभापति फिता गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, सांसद धनश्याम खतिवडाले स्वास्थ्य बीमाप्रति सरकारले गैरजिम्मेवारीपन देखाएको बताउनुभयो । काठमाडौंको फोहोर व्यवस्थापन अस्तव्यस्त, विकास निर्माण अस्तव्यस्तलगायत सबैतिर अस्तव्यस्त रहेकाले सत्ता गठबन्धन मङ्सिर चारसम्म बस्न नहुने बताउनुभयो ।