तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : मन्त्री चौधरी

तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : मन्त्री चौधरी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २ भाद्र । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिनुभएको छ । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको उदघाटन कार्यक्रममा मन्त्री चौधरीले सो निर्देशन दिनुभएको हो ।

नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने प्रबृत्ति रहेकाले सुधार्नु पर्ने उहाँले बताउनुभयो । ‘हाकिम भएँ भनेर नसोच्नुस्, ठूलो भएँ भन्ने नसोच्नुस् । कुचिकारले काम नगरे के होला ? अस्पताल सफा हुन सक्ला ?’ मन्त्री चौधरीले भन्नुभयो, “तपाईँहरुले अलि बढी पढ्नुभएको होला । तलब पनि बढी खानु होला । तर आफूभन्दा तल्लो तहका कर्मचारीलाई हेप्ने काम नगर्नुहोला ।”

डाक्टर नर्सहरुले दशैं, तिहार, चाडवाड केही नभनी बिरामीको सेवा गर्नेगरेको भन्दै मन्त्री चौधरीले प्रशंसा गर्नुभयो । बिरामीले दुःख नपाउन् सोचेर गम्भीर भएर काम गर्न उहाँले सबैलाई निर्देश गर्नुभयो ।

नव निर्मित भवनको सहरी विकास मन्त्री चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।