निर्वाचन आयोगद्वारा दल तथा निर्वाचन चिन्हको क्रम निर्धारण

निर्वाचन आयोगद्वारा दल तथा निर्वाचन चिन्हको क्रम निर्धारण

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८७ दल सहभागी हुने जनाएको छ । आयोगका सहायक प्रवक्ता एवम् सहसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।

“निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन प्राप्त हुन आएकोमा राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरिएको छ” विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी पदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि प्रदेश १ मा ६२ दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ७०, मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ७५ रहयकोग आयोगले जनाएको छ ।

त्यस्तै, बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ७२, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ६६, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ६८ रहेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

सोहीअनुसार कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहनेगरी आयोगले निर्णय गरेको छ ।

छुट्टै दल दर्ता गर्न नपर्ने

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम निर्वाचनमा सहभागी हुन नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिट पार्टी (माओवादी केन्द्र), र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) –१ लाई छुट्टै दलको रुपमा दर्ता नगर्ने निर्णय गरेको छ ।

“५ वटा राजनीतिक दलहरूले अनुसूची–१२ बमोजिमको निवेदन पेश गरेकोमा ती दलहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुनेगरी राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १८ को अनुसूची–१३ बमोजिमको दल दर्ताको निवदेन पेश गरेको हुँदा ती दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १८ को उपनियम (५) बमोजिम छुट्टै दलको रूपमा दर्ता नगर्ने निर्णय आयोगले गरेको छ” विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन चिन्ह प्रदान गर्ने

आयोगका अनुसार राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङगे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिन्ह दल दर्ताको निवेदन पेश गरेको छ । सो दलहरूलाई माग बमोजिमकै निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय आयोगले गरेको छ । दलको निर्वाचन चिन्हको रूपमा रहने गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय आयोगले गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजपत्रमा प्रकाशन गर्ने

निर्वाचन आयोगले दर्ता भएका राजनीतिक दलहरूको दर्ताक्रमको आधारमा राजनीतिक दल एवम् उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने भएको छ ।आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचन हुनुभन्दा अघि कायम रहेको प्रतिनिधि सभा, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा, प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ ।”