जनकपुर गुठीका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

जनकपुर गुठीका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख बास्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख ८१ हजार ४३७ रुपियाँ बिगो कायम गर्दै विशेष अदालत, काठमाडौंमा बिहीबार मुद्दा दायर भएको हो।

आयोगले धनुषाको रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको आरोपमा विशेष अदालतमा तत्कालीन कार्यालय प्रमुख बास्ताकोटी, नायब सुब्बा यमुनाप्रसाद पञ्जियार, सहयोगीका रुपमा खटिएका कुमार खड्ग विक्रम शाह र मालपोत कार्यालय, धनुषाका तत्कालीन खरिदार जगदेव कामतीविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार ऐन अनुसार जरिवाना र कैद सजायको माग गरेको छ।